नेपालमा थप ४२५ जनामा कोरोना पुष्टि, संक्रमित ५७६०, डिस्चार्ज हुने ९७४, मृत्यु १९

थप ४२५ जनामा संक्रमण पुष्टि

आइतबार एकै दिन थप ४२५  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार ३७५ पुरूष र ५० महिलासहित ४२५ जनाको रिपोर्ट पोजिटिभ आएको हो। यो सँगै संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो।

थपिएका नयाँ संक्रमितह मध्ये मोरङमा २५, सुनसरीमा १ , झापामा १, सप्तरीमा १०, पर्सामा १७, बारामा ९ , सर्लाहीमा ६ जना, रौटहटमा २५ ,नवलपरासी पूर्वमा २, बझाङमा ५, डडेलधुरामा २४ , डोटीमा ३ , कैलालीमा १२ जना, कञ्चनपुरमा २०, बर्दिया र बाँकेमा ३/३, रुकुम पश्चिममा २ , प्युठानमा २, दाङमा ५४ जना छन् ।

त्यसैगरी धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलापरासी पश्चिमका २जना, रुपन्देहीका २६ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९ जना, सिन्धुलीका १ जना, धादिङका २५ जना, रौटहटका ५१ जना रहेका छन् । 

‌परीक्षण

बिहीबार पीसीआर विधिबाट १  लाख ३३ हजार ३७७  र आरडीटी विधिबाट २ लाख १० हजार ७२१  जनाको नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८९ र आरडीटी विधिबाट २० हजार १३९ जनाको नमुना परीक्षण गरिएको छ।

१ लाख ४३ हजार क्वारेन्टाइनमा

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा छन्। यस्तै आइसोलेसनमा  ४ हजार ७ सय ६८ जना छन्।

९७४ जना डिस्चार्ज

आइतबार थप ६१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। नयाँ डिस्चार्ज हुनेमा ५५ पुरूष र ६ जना महिला छन्। यो सँगै निको हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये ८७७ पुरुष र ९७ महिला रहेको मन्त्रालयले जनाएको छ।

मृतकको संख्या १९ पुग्यो

कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ। गुल्मी धुरकोट ४ का ३६ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

भारतबाट आएका उनलाई जेठ १२ गते कोरोना पुष्टि भएको थियो। उनको जेठ ३१ गते आसोलेसनमा मृत्यु भएको हो। उनी क्यान्सरबाट समेत पीडित थिए। यो सँगै जम्मा मृतकको संख्या १९ पुगेको छ।

७३ जिल्लामा संक्रमण

आइतबार रूकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएपछि संक्रमण ७३ जिल्लामा पुगेको छ।  

जिल्ला

संक्रमित

मृत्यु

निको

थप

रौतहट

७१४

१०९

७६

कपिलवस्तु

६४८

२६

 

दैलेख

५०९

२९

सर्लाही

४८९

१६

बाँके

३१७

१६४

सुर्खेत

१९९

४०

रुपन्देही

१९१

४६

२६

महोत्तरी

१८०

 

धनुषा

१७९

७६

झापा

१७०

११५

सल्यान

१३९

 

सप्तरी

१३९

२०

१०

पर्सा

१२९

९९

१७

दाङ

१०४

२४

५४

बारा

८४

३८

बर्दिया

८१

सिराहा

७३

२०

 

कैलाली

७२

१२

स्याङ्जा

६०

 

धादिङ

५८

२५

सुनसरी

५४

नवलपरासी पश्चिम

४७

मोरङ

४६

२५

उदयपुर

४४

२८

 

बागलुङ

४०

 

चितवन

४०

 

नवलपरासी पूर्व

३९

अर्घाखाँची

३८

 

कञ्चनपुर

३४

२०

रोल्पा

३४

 

काठमाडौं

३०

२४

 

कालिकोट

२८

 

जुम्ला

२६

१६

 

पर्वत

२६

 

पाल्पा

२३

१७

प्युठान

२३

बाजुरा

२१

 

रामेछाप

१९

अछाम

१६

 

डडेलधुरा

१५

२४

गोरखा

१५

 

दार्चुला

१२

 

बझाङ

१०

गुल्मी

१०

धनकुटा

 

जाजरकोट

 

नुवाकोट

 

बैतडी

 

भक्तपुर

 

भोजपुर

 

डोटी

काभ्रेपलाञ्चोक

 

मकवानपुर

 

कास्की

 

सिन्धुली

खोटाङ

 

सिन्धुपाल्चोक

 

तनहुँ

 

ताप्लेजुङ

 

ललितपुर

 

म्याग्दी

 

रूकुम पूर्व

 

तेह्रथुम

 

दोलखा

 

इलाम

 

पाँचथर

 

संखुवासभा

 

डोल्पा

 

हुम्ला

 

लमजुङ

 

मुगु

 

सोलुखुम्बू

 

रूकुम पश्चिम

प्रकाशित मिति: : 2020-06-14 16:22:33

प्रतिकृया दिनुहोस्