नवलपरासी पूर्वमा थप दुई जनामा कोरोना संक्रमण

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देवचुली नगरपालिका घर भई हाल क्वारेनटाइनमा रहेका दुई पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

उनका अनुसार २३ र ३२ वर्षीय सङ्क्रमित पुरुषलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लग्ने तयारी भइरहेको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-14 09:14:57

प्रतिकृया दिनुहोस्