दाङमा क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका माण्डवी गाउँपालिका ४ आपचौर प्युठानका १८ वर्षीय युवकको शनिबार मृत्यु भएको हाे।
उनी जेठ १२ गते भारतबाट आएका थिए। उनको जेठ २१ गते स्वाब संकलन गरेर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घेराही पठाइएकोमा अझै रिपोर्ट नआएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए।
स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई शुक्रबार बेलुका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो।
त्यहाँ भर्ना नलिने बताएपछि बुटवल लैजाने क्रममा ती युवकको बाटोमा उनको मृत्यु भएको अध्यक्ष वलीले बताए।