राजतन्‍त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको बताएका छन्। शनिबार बसेको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो बताएका हुन् । 

नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले भने, ‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौैँ ।’ प्रचण्डले यो ऐतिहासिक जित भएको उल्लेख गरे । उनले नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको प्रष्ट पारे । 

नेपालको राष्ट्रिय स्वाधिनता र भौगोलक एकतालाई सुदृढ गर्ने समय आएको बताउँदै अध्यक्ष प्रचण्डले ऐतिहासिक महाअभियानलाई सफल पार्ने देशको गुमेको भूमि फिर्ता लिने प्रक्रियाबाट सुरु भएको बताए। उनले भने, ‘गुमेको भूमि फिर्ता लिने प्रक्रियाबाट यहाँसम्म आइपुगेक हौं, राष्टियसमझदारी बनाएका छौं, संविधान संशोधन गर्दै नक्सा सच्याइयो। अब निशान छाप सच्चिन्छ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालले विवादस्पद भूभागबाट भारतले नक्सा प्रकासितसँगै बाटो उद्घाटन गरेर नेपालीहरुलाई अलिअलि उद्देलित र अलिअलि चुनौति दिएको बताएका छन्।

संविधान संशोधनको प्रस्तावमाथि प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा नेता दाहालले भारतले शान्तिपूर्ण कुटनीतिक वार्ताको माध्यमबाट समस्या समाधान गर्नुको सट्टा नक्सा सार्वजनिक गर्दै बाटो उद्घाटन गरेर भारतीय मन्त्री (रक्षामन्त्री राजनाथ सिंहको नाम नलिइकन)ले नेपालीलाई एकताबद्ध बनाउन मद्दत गरेको बताए।

उनले पछिल्लो समय आन्तरिक रुपमा बेग्लै वातावरण बनिरहेको बेला भारतीय मन्त्रीको कदमले सबैलाई ऐतिाहासिक रुपमा एकताबद्ध हुन र देशको राष्ट्रिय स्वाभिमान र स्वाधिनताको रक्षा गर्न वातावरण बनाइदिएको बताए।

यसका बाबजूद उनले नेपालले भारतसँग कुनै सत्रुतापूर्ण व्यवहार भन्दा मित्रतापूर्ण सम्बन्ध कायम गरी सबै समस्याको समाधान कुटनीतिक वार्ताकै माध्यमबाटै गर्न तयार रहेको बताए।

सदनभित्र देखिएको राजनीतिक दलबीचको एकता र जनताको समर्थन भारतको विरुद्ध उसलाई अप्ठ्यारोमा पार्नका लागि प्रयोग नहुने आश्वासन दिँदै उनले भारतीय पक्षले नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले लिएको परिवर्तनको यात्रामा सहयोग गर्न आग्रह गरे।

उनले भने, ‘नेपालीहरु राष्ट्रिय मुद्दामा ऐतिहासिक रुपमा एक ठाउँमा उभिन्छन् भन्ने सन्देश अन्तर्राष्टिय समुदायलाई दिन चाहन्छन्।’

साथै उनले भारतलाई पटक पटक यो विवादलाई यो विन्दुभन्दा बढी चर्काउने अथवा तन्काउने दिशामा नलैजाना पनि आग्रह गरे।

सडकमा पछिल्लो समय देखिएको विरोधका स्वरलाई परिवर्तनको विरोधमा उत्रिएको पश्चगामी शक्तिको पक्षपोषक भएको लक्षित गर्दैै उनले भने, ‘हिँजो राजा महाराजाले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याएको छ। खबरदार, कोही नहौसिए हुन्छ।

नेपालको नक्सासँग सम्बन्धित विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिन बालुवाटार गएको र सबै दलसँग संवाद छलफल गरेर, राष्ट्रिय सहमति बनाएर निर्णय गर्दा राम्रो हुन्छ भन्ने सुझाब दिएको उनले स्मरण गरे।

नेपालको नक्सासँग सम्बन्धित विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिन बालुवाटार गएको र सबै दलसँग संवाद छलफल गरेर, राष्ट्रिय सहमति बनाएर निर्णय गर्दा राम्रो हुन्छ भन्ने सुझाब दिएको उनले स्मरण गरे।

‘मैले पनि सर्वदलीय बैठक बस्नुपर्यो तपाईंसँग छलफल गर्ने योजनामा थिए, तपाईंले प्रस्ताव ल्याउनुभयो’, भेटमा प्रधानमन्त्री ओलीले भनेको भनाइ स्मरण गर्दै प्रचण्डले भने।

उनले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताका विषयमा आफूहरुले ०४६ र ०६२/०६३ पछि बनेका सरकाहरुले भारतसँग वार्ता गर्दा नेपालको भूगोल र सीमानाको सन्दर्भमा राम्रोसँग कुरा उठेको दावी गरे।

उनले राष्ट्रिय एकताको पक्षमा यो अभूतपूर्व सहकार्य भएको भन्दै प्रचण्डले यसमा साथ दिने राजनीतिक दल र सबैलाई धन्यवाद दिए । उनले यो सबैको सामुहिक विवेकको प्रतिफल भएको प्रष्ट पारे । उनले यो व्यक्ति विशेषले गरेर मात्र नहुने विषय भएकाले यो सामूहिक सफलता भएको प्रष्ट पारे । 

प्रकाशित मिति: : 2020-06-13 14:07:24

प्रतिकृया दिनुहोस्