संघीय संसद् सेवाको सचिव पदमा सुदर्शन खड्काको बढुवा

संघीय संसद् सचिवालयको रिक्त सचिव पदमा सहसचिव सुदर्शन खड्काको बढुवा भएको छ ।

संसद् सेवामा ५१ सालमा प्रवेश गरेका सहसचिव खड्का पछिल्लो समय राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सचिवका रुपमा कार्यरत थिए । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा रहेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार सचिवमा बढुवा भएका थिए । 

घीय संसद् सेवाको महासचिवमा डा भरतराज गौतमको नियुक्ति भएसँगै सङ्घीय  संसद् सेवाका दुईमध्ये एक सचिव पद रिक्त थियो । 

यसअघि सचिव खड्कासँग प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समिति र राज्यव्यवस्था तथा सुशासन समितिको सचिवका रुपमा समेत काम गरेको अनुभव छ ।

- रासस

प्रकाशित मिति: : 2020-06-13 10:39:35

प्रतिकृया दिनुहोस्