बाँकेमा कोरोनाका कारण मृत्यु भएका युवकको घर गाउँपालिकाले बनाइदिने

कोरोना भाइरस संक्रमणका कारण गत जेष्ठ ४ गते मृत्यु भएका युवकको घर नरैनापुर गाउँपालिकाले बनाइदिने भएको छ। वडा नम्बर ५ नयाँ बस्तीका २५ वर्षीय मृतक युवकको घर गाउँपालिकाले बनाइदिने भएको हो। 

उनी  भारतको मुम्बइबाट आएका थिए। कोरोनाका कारण मृत्यु भएका पहिलो संक्रमितसमेत रहेका उनको परिवारलाई पालिकाले शुक्रबार ५० हजार रुपैयाँ प्रदान गरेको छ। अध्यक्ष इस्तियाक अहमद शाहसहित पालिकाको टोली उनको घर मै पुगेर परिवारलाई क्रियाखर्च स्वरुप ५० हजार रुपैयाँको चेक प्रदान गरेको हो। 

कोरोना कहरका बेलामा समस्यामा परेका उनीहरुलाई पहिलो चरणमा क्रियाखर्च सहयोग गरेको अध्यक्ष शाहले जानकारी दिए। उनकाअनुसार पालिकाले मृतकको परिवारलाई घर बनाउन ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ। 

यसैगरी मृतक युवकका बच्चाहरुको पढाइ तथा अन्य खर्चको लागि अध्यक्ष शाहले व्यक्तिगत रुपमा ५० हजार सहयोग गर्ने बताए। शुक्रबार नै पालिकाले उनको परिवारलाई खाद्यान्न सहयोग गरेको छ। पालिका कै सहयोगमा तेल, नुन, दाल, झुललगायत खाद्यान्न सामग्री उपलब्ध गराएका थिए। 

प्रकाशित मिति: : 2020-06-12 19:30:16

प्रतिकृया दिनुहोस्