संविधान संशोधनको पक्षमा मतदान गर्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा)ले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। 

लिम्पयाधुरासहितको भूभागलाई समेटिएर अध्यावधिक गरिएको नेपालको नक्सा निशान छापमा राख्न संविधानको अनुसूची ३ संशोधन गरिँदैछ।

सो प्रस्तावमाथि प्रतिनिधिसभामा शनिबार मतदान हुने कार्यक्रम छ।

तर जसपा सांसद सरिता गिरीले भने सरकारी विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छिन्।

जसपाले प्रस्ताव फिर्ता नलिएर गिरीलाई कारबाही गर्ने चेतावनी दिएको छ। संसदीय दलले पत्र लेखेर नै प्रस्ताव फिर्ता लिन भनेको छ। तर उनले आफ्नाे अडान कायमै राखेकी छिन्।

प्रकाशित मिति: : 2020-06-12 17:31:36

प्रतिकृया दिनुहोस्