सरकारको अर्को विवादित निर्णय : नयाँ नक्सा जारी, संसदमा संविधान संशोधन प्रक्रिया सुरु, तर फेरि प्रमाण खोज्न नयाँ समिति

क्वारेन्टाइनमा बस्दा बिरामी भएपछि अस्पताल भर्ना हुन गएका अर्घाखाँचीका एकजनाको बुधबार बाटोमै मृत्यु भएको छ । अस्पतालले भर्ना नगरेपछि क्वारेन्टाइनमा फर्किंदा मृत्यु भएका ५७ वर्षीयलाई कोरोना संक्रमण भएको बिहीबार रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले बताए । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि व्यवस्थापनको टुंगो नलाग्दा शुक्रबार विहानसम्म शव पौवामा अलपत्र छ । 

१५ जेठमा भारतको मुम्बईबाट आएका उनी मालारानी गाउँपालिका– ४ को क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेको एक सातापछि छाती दुख्ने, सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । त्यसपछि उनको कोरोना परीक्षणका लागि २३ जेठमा स्वाब संकलन गरेर भैरहवा प्रादेशिक अस्पताल पठाएको थियो । 

प्रकाशित मिति: : 2020-06-12 07:25:52

प्रतिकृया दिनुहोस्