नेपालमा पहिलोपटक नवजात शिशुमा कोरोना संक्रमण

नेपालमा पहिलोपल्ट एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाजुराको बूढीगंगा नगरपालिकामा ४ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्थानीय धुरालसैन माविको क्वारेन्टाइनमै जेठ १५ गते जन्मिएका शिशुमा कोरोना पुष्टि भएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिए।

नेपालमा अहिलेसम्मकै सबैभन्दा कम उमेरकोमा कोरोना संक्रमण पुष्टि भएको घटना यही हो। ती नवजात शिशुसहित बूढीगंगामा अहिलेसम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख अवस्थीले जानकारी दिएका छन्। 

स्मरण रहाेस् सोही क्वारेन्टाइनमा केही दिनअगाडि २ वर्षीया बालिकाको मृत्यु भएको थियो र स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
 

प्रकाशित मिति: : 2020-06-12 07:19:36

प्रतिकृया दिनुहोस्