धरानबाट थप ३० कोरोना संक्रमित निको भएर डिस्चार्ज

प्रदेश १ मा ३० जना डिस्चार्ज भएका छन्।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ३० जना कोरोना भाइरस संक्रमण बिहीबार निको भएर घर फर्किएका हुन्।

१८ देखि ४५ वर्ष उमेर समुहका ३० जना डिस्चार्ज भएको प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। उनका अनुसार अब अस्पतालमा ३२ जना उपचारत छन्। यो सँगै धरानबाट डिस्चार्ज हुनेको संख्या ९२ पुगको छ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १५५ पुगेको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०४ रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-12 06:10:15

प्रतिकृया दिनुहोस्