नेपालगञ्जको भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप २७ जनामा संक्रमण पुष्टि भएको छ।
अस्पतालका अनुसार बाँकेका ४ पालिकाका १३ जना र रोल्पाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थपिएका नयाँ संक्रमितमध्ये कोहलपुर नगरपालिका २ का १९ वर्षीय पुरुष रहेका छन्। कोहलपुरमा बुधबार मात्रै पहिलो पटक ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै कोहलपुरमा कोरोना संक्रमितको संख्या चार पुगेको छ । यस्तै खजुरा गाउँपालिका १ र ७ का ३७ र १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यता राप्तीसोनारी गाउँपालिका ७ का २२ वर्षीय एक महिलासहित २०, २२, २३ र २४ वर्षका पुरुष, र राप्तीसोनारी ६ का १७ वर्षीय पुरुष रहेका छन्।
बैजनाथ ३ का ४ जना पुरुष पनि कोरोना संक्रमण देखिएको छ । नेपालगञ्ज मै गरिएको परीक्षणमा रोल्पा सुनिल स्मृती गाँउपालिकाका अन्तर्गत विभिन्न वडाका १ महिला र १३ जना पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
बाँकेमा रहेकामा आठवटै स्थानीय तहमा कोरोना देखिएको छ ।