सरकार विरोधी प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्यास (भिडियाे)

कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै काठमाडौंको बालुवाटार र नक्साल क्षेत्रमा प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ। 

नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकरीलाई प्रहरीले तितरवितर बनाउन बनाउन फोहोरा र अश्रुग्यास प्रहार गरिएको हो। 

प्रदर्शनकारीहरुका अनुसार ४ राउन्ड अश्रुग्यास पनि हानिएको छ।

पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटी परीक्षणलाई नै निरन्तरता दिइएको, कोरोना नियन्त्रणमा खर्च भएको १० अर्बको हिसाव सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए।

 युवाहरुको प्रदर्शन अहिले पनि जारी छ।

प्रकाशित मिति: : 2020-06-11 13:41:17

प्रतिकृया दिनुहोस्