भारतीय सरकारले अर्थव्यवस्था चलाउनका लागि अनलक १ लागू गरेकाे छ। तर भारतमा कोरोना संक्रमितको संख्या रोकिएको छैन। यसैकारण आफूमा कोरोना नसरोस भनेर आफै सावधानी अपनाउनुपर्ने देखिन्छ।
तर भारतमा यसमात्रै सावधानी अपनाउनुपर्ने होइन,अनलक १ को नियमबाट पनि सावधानी अपनाउनुपर्ने हुन्छ। यदी यो नियम तोडे भारी मात्रमा जरिवाना तिर्नुपर्ने हुन्छ।
सरकारले मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने, पार्टी गर्ने र गाडीमा धेरै व्यक्तिहरू राख्नेमाथि नजर राख्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ।
सरकारका अनुसार यदि मास्क बिना कोही हिँडे एक सयदेखि एक हजार रूपैयाँसम्म जरिवाना तिर्नु पर्नेछ हुन्छ। दिल्ली–एनसीआरमा बिभिन्न स्थानमा बिना मास्क हिँड्नेसँग १०० देखि १००० रूपैयाँसम्म जरिवाना तिराइएको छ।
थुँके पनि हजार रुपैयाँसम्म जरिवाना
सामान्यतया मानिसहरूले जहाँसुकै थुक्छन्। तर कोरोना अवधिमा यो ठूलो गल्ती हुन सक्छ। वास्तवमा थुकैबाटै अत्याधिक जोखिम छ। यदि काँही थुके मात्रै १०० देखि १००० सम्मका जरिवाना तिर्नुपर्ने हुन्छ।
यदि यो नियमलाई तोडे स्थानिय प्रशासनले आईपीसीको सेक्शन १८८ अन्तर्गत ६ महिनाको जेल र १००० रुपैयाँसम्म जरिवाना तिराउन सक्छ।
अनलक १ मा कुनै कोरोना फैलाउन सक्ने खतरा उत्पन्न गराए जेल सजाय हुनसक्छ। यदी कसैका कारण संक्रमण फैलिए २ वर्षसम्म जेल चलान गर्न सकिने व्यवस्था गरिएको छ।