नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २ सय ७९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो। संक्रमितमध्ये २५७ पुरूष र २२ जना महिला छन्।
तीमध्ये ६७४ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन्। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।
अहिलेसम्म १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,४१४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।