मोरङको रंगेली-कानेपोखरी सडक खण्ड निर्माण कार्य सम्झौताभन्दा एक वर्ष काममा ढिलाइ भएको छ।
लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सनले कानेपोखरीदेखि दर्वेशा चोकसम्म कालोपत्रे सम्पन गरे पनि अझै ५ किलोमिटर सडक निर्माण हुन बाँकी छ।
लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सनले २०७४ असार ६ गते कामको जिम्मा पाएको थियो। उक्त काम २०७६ असार ५ गते सबै कालोपत्रे सकेर सरकारलाई जिम्मा लगाउने सम्झौता भए पनि २०७७ जेठ मसान्त हुन लाग्दा समेत निर्माण सम्पन्न भएको छैन।
काममा ढिलाइ हुँदा सम्बन्धित निकाय बेखवर झै बनेको छ। कानेपोखरीदेखि नेपाल भारतको सीमानामा रहेको चोप्राहासम्म २५.४ किलोमिटर लम्बाई निर्माण योजनामा छ।
विभिन्न कारणले काममा एक वर्ष ढिलाइ भएको लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सनका प्रोजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए। पुनः आफूले कामको समय थप गरि काम सुरू गरेको र असार मसान्तसम्म सम्पूर्ण काम गरिसक्ने शेर्पाको दाबी छ।
उक्त सडकमा नेपाल सरकारले ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रूपैयामा ठेक्का लगाएको थियो।