भारतले सेना परिचालन गरि कब्जा जमाएको भुमि फिर्ता ल्याउन अहिले मुख्य केन्द्रित भएका हौं : प्रधामन्त्री ओली

प्रधामन्त्री ओली कुटनीतिक वार्ताका माध्यमबाट गुमेको नेपालको भुमि फिर्ता ल्याउने विषयमा विश्वास व्यक्त गरेका छन् । 

बुधबार संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै कुटनीतिक प्रयासबाट भारतसंग वार्ता गरि गुमेको भुमि फिर्ता ल्याउन सकिनेमा विश्वस्त रहेको उनले बताएका हुन ।

हाल भारतीय पक्षले सेना राखेर कब्जा जमाएको भूभाग फिर्ता ल्याउन खोजिएको उनले बताए ।  

भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्र फिर्ता ल्याउन मुख्य पहल गरेको उनकाे भनाइ थियाे  । 

यो क्षेत्रमा भारतले सेना नै राखेर ठुलो भूमि कब्जा गरेको जस्तो अवस्था अन्य क्षेत्रमा नभएकाले अहिले तत्काल यस क्षेत्र फिर्ता ल्याउन सरकारले पहल गरेको भनाई प्रधानमन्त्रीको छ । 

सुस्तालगायत अन्य क्षेत्र लिम्पियाधुरा, लिपुलेख र कालापानी जस्तो धेरै भुभाग कब्जामा परेको नभएको भन्दै अन्य विषयमा पनि क्रमशः कुरा गर्दै जाने बताए । 

हाल प्राथमिकतामा परेको आधारमा कब्जा नै भएको क्षेत्र फिर्ता ल्याउने विषयमा सरकार  केन्द्रित रहेको प्रधानमन्त्रीले बताए ।

प्रकाशित मिति: : 2020-06-10 13:25:03

प्रतिकृया दिनुहोस्