चितवनमा बुधबार बिहान थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनाकाे रिपाेर्ट पोजेटिभ आएको हाे। जसमध्ये २ जना चितनवका हुन्।
संक्रमितमध्ये भरतपुर ५ का २८ वर्षीय पुरुष र कालिका नगरपालिका ६ जुटपानीका २० वर्षका पुरुष छन्।
यता नवलपरासी बर्दघाट सूस्ता पूर्वका दुई जना संक्रमित छन्। जसमध्ये गैँडाकोट १३ र १४ का २३ र २६ वर्षका पुरुष रहेको भरतपुर अस्पताल प्रयोगशालाले जनाएको छ।