हिरासतमै युवक मृत फेला परेपछि प्रहरीको गाडी तोडफोड, अवस्था तनावग्रस्त

प्रदेश २ को धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि अवस्था तनावग्रस्त भएको छ। 

धनुषाको ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका हो। 

उनको शव फेला परेपछि स्थानियहरुले  प्रहरीको गाडीमा तोडफोड गरेका छन्। प्रहरी हिरासतभित्रै मुसहर मृत भेटिएपछि घटना शंकास्पद रहेको भन्दै बाटो स्थानीयहरुले बरकुर्वा सडक अवरुद्ध गरेर प्रदर्शनसमेत गरेका छन्। 

तोडफोड गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेका छन्। भीडलाई नियन्त्रणमा लिनको लागि अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-06-10 08:36:05

प्रतिकृया दिनुहोस्