अमेजनसँग सम्बन्ध ताेड्ने टेस्लाका सीईओकाे धम्की

अमेरिकी कम्पनी टेस्ला तथा स्पेस एक्सका प्रमुख एलोन मस्कले विश्वको सबैभन्दा ठूलो इ कमर्स कम्पनी अमेजनसँग ब्रेकअप गर्ने बेला आएको बताएका छन्।

लेखक एलेक्स बेरेन्सनको ट्विटमाथि प्रतिक्रिया दिँदै उनले एकाधिकार गलत भएको र अमेजनसँग नाता तोड्ने बेला भएको बताएका हुन्। 

गत जुन २ तारेखमा  माइक्रो ब्लगिङ साइट ट्विटरबाट बिदा लिने घोषणा गरेपछि उनको लख काट्दै आइएको थियो। तर त्यसको ४८ घण्टा पनि नबित्दै उनी पुनः ट्विटरमा देखा परेका थिए। त्यो चर्चा सेलाउन नपाउँदै मस्कले फेरि अर्को निर्णयले फेरि आश्चर्यचकित बनाएको छ। 

 एलेक्स कोरोना भाइरस महामारीका नाममा भइरहेको विश्वव्यापी लकडाउन विरुद्ध छन्। आफूले लेखेको कोरोना भाइरससम्बन्धी पुस्तक अमेजनको बिक्री निर्देशिका बमोजिम नरहेको भनी लेखक एलेक्सले अमेजनबाट प्राप्त जानकारीको स्क्रिनसटसहित ट्विट गरेका थिए।

 तर अमेजनले यसलाई लिन मानेन।’ सोही ट्विटमा टिप्पणी गर्दै बेजोसले भने, ‘यो पागल काम हो। अब अमेजनसँग ताना तोड्ने बेला भएको छ। एकाधिकार गलत हो।’ आफ्नो प्रक्रियामा उनले अमेजन सिइओ जेफ बेजोसलाई मेन्सन गरेका छन्।

उनले  कोरोना भाइरसबाट बिरामी पर्ने तथा ज्यान गुमाउने जोखिम प्रचार भएजस्तो अधिक नरहेको उनको दाबी छ। यसमा कोरोना भाइरस यथार्थ होइन र यसले मानिस मार्दैन भनिएको छैन।

एलेक्सले ट्विटमा लेखेका थिए, ‘उनीहरूले यो पुस्तकलाई सेन्सर गरे। यो पूर्णरुपमा प्रकाशित सरकारी डाटा तथा अनुसन्धानपत्रहरूमा आधारित थियो।’

अमेजनले एलेक्सको सो बुक त्रुटिवश हटेको भन्दै अहिले आफ्नो साइटमा राखिसकेको र लेखकसँग पनि सम्पर्कमा रहेको जनाएको छ। त्योसँगै सो पुस्तक अमेजनमा उपलब्ध गराएको छ। पुस्तकका लेखकले एलोन मस्कलाईलगायत आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

प्रकाशित मिति: : 2020-06-09 16:40:51

प्रतिकृया दिनुहोस्