जम्मु–कश्मिर: पाकिस्तानले पुन्छमा गर्‍याे युद्धविराम उल्लंघन, जवाफी कारवाही जारी

बिएल संवाददाता

जम्मु, हिन्दी ब्यूराे

पाकिस्तानले जम्मुकश्मीरको पुन्छ जिल्लाको मानकोट सेक्टर रहेको नियन्त्रण रेखाको छेउमा युद्धविराम उल्लंघन गरेको छ।

पाकिस्तानले  मंगलबार बिहान साढे ६ बजे उक्त क्षेत्रमा नियन्त्रण जमाएको थियो। तर केही समयपछि भारतीय सुरक्षा बलले सम्पूर्ण क्षेत्रलाई घेरा हालेर नियन्त्रण क्षेत्रबाट पाकिस्तानी सेनालाई हटाएको दाबी गरेको छ। 

यसभन्दा अघि सोमबार पाकिस्तानले दक्षिणी काश्मिरको शोपियान जिल्लामा युद्धविराम उल्लंघन गरेको थियो। आइतबार भारतीय सुरक्षा बलले सोही स्थानमा हिजबुल मुजाहिद्दीका कमाण्डर सहित ५ आतंककारीहलाई मारेको दाबी गरेका थिए।

जम्मु–काश्मिरका डीजीपी दिलबाग सिंहका अनुसार दुई दिनभित्र सुरक्षाबलले हिजबुल मुजाहिद्दीनका ९ जना आतंककारीलाई मारेको छ।

पछिल्ला दुई हप्तामा चलाइएको ९ ठूला अपरेसनमा २२ आतंकवादीहरू मारिएका छन्। यसमा आतंकवादी संगठनहरूका छ जना शीर्ष कमाण्डरहरू छन्।

उनका अनुसार सीमापारबाट घुसपैठ गरेर बसेका आतंककारीहरूको संख्या १५० देखि २०० रहेकाे बताएका छन्।

जम्मु डिभिजनमा  १५० आतंकवादी छन् र काश्मिर डिभिजनमा १२५ आतंकवादी घुसपैठ गर्दै छिरेका छन्। 

प्रकाशित मिति: : 2020-06-09 09:54:44

प्रतिकृया दिनुहोस्