कश्मिरमा कांग्रेसका स्थानीय प्रमुख नेताकाे गोली हानी हत्या

बिएल संवाददाता

जम्मु, हिन्दी ब्यूराे
Kashmiri Pandits during a demonstration in support of the Citizenship Amendment Act at Jantar Mantar in New Delh

भारत प्रशासित कश्मिरको अनंतनाग जिल्लामा स्थानीय निकायका प्रमुखकोअज्ञात समूहले गोली हानेर हत्या गरेको छ।

सोमबार बेलुका ६ बजेतिर लकबावन क्षेत्रमा काश्मीर पण्डित अजय पण्डिताको हत्या भएको हो। 

प्रहरीले कांग्रेसका स्थानीय नेतासमेत रहेका पण्डिताको हत्यामा अज्ञात चरमपन्थीको संलग्नता रहेको अनुमान गरेको छ। गोली लागेर गम्भीर घाइते भएका पण्डितालाई अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। 

पछिल्ला केही वर्षमा कश्मिरमा पञ्च तथा सरपञ्चको हत्या हुने क्रम बढी रहेको छ। तर अहिलेसम्म कुनै पनि समूहले हत्याको जिम्मेवारी लिएका छैनन्।

हत्याको राजनीतिक दलहरुले कडा आलोचना गरेका छन्।

प्रकाशित मिति: : 2020-06-09 09:44:42

प्रतिकृया दिनुहोस्