रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ।
कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्गबहादुर खत्रीले बताए।
युवकले कोदालोले प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। मृतकको विवरण खुलेको छैन।
प्रहरीले हत्या गर्ने ३१ वर्षीय युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाले जानकारी दिए। ‘हत्या गर्नेलाई नियन्त्रणमा लिइसकेका छौं,’उनले भने,‘थप अनुसन्धान भइरहेको छ।’
प्रारम्भिक अनुसन्धान अनुसार युवकले नशालु पदार्थ खाएर हत्या गरेको देखिएको एसपी थापाले बताए।