राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ। पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह।
पूर्व युवराज्ञी हिमानी शाह सम्भ्रान्त परिवारमा रहेर पनि शालिन र साधारण जीवन शैलीका कारण चर्चामा आउने गर्छिन्। उनी फेसबुकमा र इन्स्टाग्राममा निक्कै सक्रिय देखिदै आएकी छिन्। सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन्।
उनी पछिल्लो समय टिकटकमा समेत फ्यान बटुल्न सक्रिय हुन थालेकी छिन्। उनले केही भिडियाे आमा हिमानी र बहिनी कृतिका शाहसँग मिलेर हालेकी थिइन्। उनीहरुकाे भिडियाे @purnikarlds र @kriii_shah मा देख्न सकिन्छ।
यही दुई एकाउन्टमा हिमानी आफूसँगै छाेरीद्वय पूर्णिका र कृतिकाकाे पछिपछि नाच्दै गरेकी देखिन्छिन्।
@purnikarlds काे एकाउन्टबाट ‘गुराँसको फेदमुनी’ बोलको गीतमा नचेकी छिन् भने कृतिकाकाे एकाउन्टबाट ‘चस्मा तल झारेर’ बोलको गीतमा हिमानीका आमााछाेरी देख्न सकिन्थाे।
यस्तै कृतिकाे एकाउन्टबाट ‘जे गर जतासुकै लैजाउ मलाई’ बोलको गीतमा हिमानी देख्न सकिन्छ।
तर तीनै जनाले गायक सविन राईको ‘गुराँसको फेदमुनी सम्झनाको छायाँ’ बोलको गीतमा पूर्णीकाकाे एकाउन्टमा राखिएकाे हिमानीकाे भिडियाे भने हटाइएकाे छ।
उक्त भिडियाेमा पूर्णीका आमा हिमानी र महिनी कृतिकासँगै देखिएकी थिइन्। यता कृतिकाकाे एकाउन्टमा राखिएकाे भिडियाे भने हटाइएकाे छैन।
अहिले पूर्णिकाकाे एकाउन्टमा ६ वटा मात्रै भिडियाे छ। पहिलाे भिडियाे १९ हजार ४ सय,दाेस्राे २१ हजार ७ सय,तेस्राे ८७ हजार ५ सय,चाेथाे १ लाख १२ हजार सात सय,पाँचाै ८३ हजार चारस र छाैठाैं ६० हजार ८ सयले हेरेका छन्। तर २ लाखभन्दा बढी हेरिएकाे ‘गुराँसको फेदमुनी सम्झनाको छायाँ’ बोलको गीतमा बनाइएकाे भिडियाे भने निकै भाइरल भएकाे थियाे। अहिले पूर्णिकाले यतिधेरै भाइरल भएकाे आमाकाे भिडियाे किन हटाएकाे भन्दै टिकटकमा उनका फ्यानहरुले प्रश्न गरिरहेका छन्।