इजरायलद्वारा इजिप्टका लागि पहिलो महिला राजदूत नियुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

इजरायलले इजिप्टका लागि नयाँ राजदूत नियुक्त गरेको छ । उनी इजिप्टका लागि इजरायलको तर्फबाट पहिलो महिला राजदूत भएको अधिकारीले जनाएका छन् । 

इजरायलले चर्चित कुटनीतिज्ञ अमिरा ओरोनलाई आइतबार इजिप्टका लागि राजदूत नियुक्त गरेको जनाइएको छ । 

सरकारले आज अमिरा ओरोनलाई इजरायलको तर्फबाट इजिप्टका लागि राजदूतको रुपमा नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ, विदेश मन्त्री गावि अश्केनाजीले भने । 

उनलाई सो पदमा नियुक्त गरेपछि दुई देशको आपसी सम्वन्ध र कुटनीतिक क्षेत्रमा राम्रो नजिता आउने अपेक्षा गरिएको पनि विदेश मन्त्री अश्केनाजीले बताए । 

राजदूतमा नियुक्त ओरोनले अरबी भाषामा राम्रोसँग बोल्न सक्छिन् भने प्रभावशाली कुटनीतिज्ञका रुपमा लिइने गरिन्छ । 

उनलाई धेरै पहिला नै नियुक्त गर्नुपर्ने भएपनि सरकार भित्रको आन्तरिक मतभेदका कारण ढिलाई भएको जनाइएको छ । 

इजरायलतको तर्फबाट इजिप्टमा यसअघि डेभिड गोर्भिन राजदूत थिए । उनी गत बर्ष सन् २०१९ को मे मै फर्किएका थिए । त्यसपछि इजिप्टमा इजरायलको राजदूत पदमा नियुक्त हुन सकेको थिए । 

प्रकाशित मिति: : 2020-06-08 21:23:53

प्रतिकृया दिनुहोस्