अर्को वर्ष झण्डा फहराउँदै जनकपुर-जयनगर रेल गुड्छ: भौतिक पूर्वाधार मन्त्री नेम्वाङ (भिडियो)

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्ले आगामी आर्थिक वर्ष २०७७/०७८ मा नेपालको झण्डा फहराउँदै जनकपुर-जयनगर रेल गुड्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री नेम्वाङले काठमाडौं केरूङ, काठमाडौं-रक्सौल डिपिआर तयारका लागि छिमेकी मुलुक भारत र चीनसँग सम्झौता गरेर अगाडि बढाइएको जानकारी दिए ।

२ वटा रेल निर्माण भई खरिद प्रक्रिया पनि पूरा गर्दै रेल निर्माण कार्यसमेत पुरा भएको मन्त्री नेम्वाङले जानकारी दिए ।

‘आउने वर्ष २०७७/७८ भित्र नेपालको झण्डा फहर्‍याएर जनकपुर-जयनगर रेल सञ्चालन गर्ने जानकारी गराउँदै त्यसमा आवश्यक रकम विनियोजन गरेको जानकारी गराउन चाहन्छु।’

उनले पूर्वपश्चिम रेलमार्ग निर्माणको कामलाई निरन्तरता दिँदै काँकडभिट्टादेखि सुनसरीको इनरूवा खण्डका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति: : 2020-06-08 13:50:56

प्रतिकृया दिनुहोस्