भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा ‘शान्ति पार्क’ बन्दै

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा शान्ति पार्क निर्माण भइरहेको छ । भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्कको निर्माण गरिएको हो । गाउँपालिकाको नवलपुरमा रु एक करोड ५० लाखमा पार्क निर्माणको काम भइरहेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए।
 
उनका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ । गाउँपालिकाभर भूकम्पमा परी ५०० ले ज्यान गुमाएका थिए । तत्कालीन सात गाविस मिलेर इन्द्रावती गाउँपालिका बनेको हो। भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका थिए । आगामी आर्थिक वर्ष ०७७÷७८ मा शान्ति पार्क निर्माण भइसक्ने अध्यक्ष तामाङले बताए।

प्रकाशित मिति: : 2020-06-08 09:10:06

प्रतिकृया दिनुहोस्