राष्ट्रपति ट्रम्पको स्टाटसले फेसबुकको 'रंगभेदी' छवि: सुधार्न जकरवर्गमाथि दबाब चौतर्फि

बिएल संवाददाता

वासिङ्टन डीसी-अमेरिका

सामाजिक सञ्जाल फेसबुक अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको छ। जर्ज फ्लोइड हत्यापछि लिएको नीतिका कारण उसको अप्ठ्यारो बढेको हो।  

जर्ज फ्लोयडको हत्यालाई लिएर राष्ट्रपति ट्रम्पले जारी गरेको 'ह्वेन लुटिङ स्टाट्स, द सुटिङ स्टाट्स' एक रंगभेदी सामग्री नहटाउने निर्णय गरेपछि फेसबुकको छवि रंगभेदी बनेको छ। प्रदर्शनकारीले फेसबुक प्रयोग नगर्न आग्रह गरिरहेका छन् भने कर्मचारीको ठूलो संख्याले काम गर्न अस्विकार गरेको छ। 

यी सबै क्रियाकलापका कारण फेसबुकको सेयरमा भारी गिरावट आएको छ। मालिक मार्क जकरवर्गले अर्वौ डलर नोक्सानी ब्यहोरेका छन्। यो नोक्सानीबाट तिल्मिलाएका जकरवर्ग आफ्नो कम्पनीको बिग्रेको छवि सपार्ने उपायको खोजीमा छन्। 

यही क्रममा जकरबर्गले केही दिनअघि मात्र जातीय न्यायका लागि लडिरहेका संस्थालाई एक करोड डलर सहयोग दिएका थिए। तर, त्यो सहयोगले पनि प्रदर्शनकारीमाझ फेसबुकको छवि खासै सुधार्न सकेन। उल्टै, श्वेत सर्वोच्चतावादीजस्ता अतिवादी दक्षिणपन्थीहरूको आलोचनाको शिकार हुनु पर्यो । 

जर्ज फ्लोयडको हत्यालाई लिएर राष्ट्रपति ट्रम्पको स्टाटस 'ह्वेन लुटिङ स्टाट्स, द सुटिङ स्टाट्स' नहटाउने निर्णय गरेपछि फेसबुकको 'रंगभेदी' छवि बनेको छ। प्रदर्शनकारीले फेसबुक प्रयोग नगर्न आग्रह गरिरहेका छन् भने कर्मचारीको ठूलो संख्याले काम गर्न अस्विकार गरेको छ। यसले फेसबुकको सेयरमा गिरावट आउँदा मालिक मार्क जकरवर्गलाई छवि सुधार्न चौतर्फि दबाब बढेको छ। उनले केही प्रयत्न गरे पनि त्यसको सकारात्मक परिणाम आइसकेको छैन। 

अहिले फेसबुकले अर्को कदम चालेको छ। श्वेत सर्वोच्चवादी समूहलाई उक्साउने करिव दुईसय फेसबुक अकाउन्ट हटाइ दिएको छ। हटाइएका अकाउन्ट ‘प्राउड ब्वाइज’ र ‘अमेरिकन गार्ड’ नामक अश्वेत जातिविरूद्ध घृणा फैलाउने दुई समुहसँग सम्बन्धित हुन् । यी दुई समुहका फेसबुक अकाउन्ट भने  यसअघि नै प्रतिबन्धित गरिएका छन्। 

फेसबुकका आतंकवाद विरोधी नीतिका निर्देशक ब्रायन फिसम्यानका अनुसार ती अकाउन्टमा अफ्रिकन मूलका अश्वेत अमेरिकी जर्ज फ्लोइडको हत्यापछि फैलिएको प्रदर्शनलाई दबाउन सक्रिय हुन आव्हान गरिएका सामग्री अपलोड गरिएका थिए। उनीहरूले प्रहरीसँग मिलेर प्रदर्शन दबाउन जाने र हतियारसहित प्रदर्शन गर्ने योजना बनाइरहेका सामग्री पनि सम्प्रेषण गरेका थिए। 

फेसबुकले ‘करिव १९० खाता हटाइयो’ मात्र उल्लेख गर्दै उनीहरूले कहाँ–कहाँ प्रदर्शन गर्ने योजना बनाएका थिए र उनीहरू अमेरिकामा कहाँ बस्छन् भन्ने जस्ता अकाउन्ट प्रयोगकर्ताको विवरण प्रकाशित गरेको छैन। 

यो अपारदर्शी निर्णयलाई लिएर पनि फेसबुकको आलोचना भएको छ। उनीहरूले फेसबुकले श्वेत सर्वाेच्चवादलाई उक्साउने राष्ट्रपति ट्रम्पको गुलामी गरेको आरोप लगाउँदै यस्ता केही अकाउन्ट बन्द गरेर प्रयोगकर्ताको आँखामा छारो हाल्न नसकिने बताएका छन्।  

फेसबुकले आफ्नो बिग्रिएको छवि सुधार्न गरेका यी प्रयत्नले सकारात्मक परिणाम ल्याउँछन् या ल्याउँदैनन्, त्यो थाहा पाउँन भने अरू केही समय कुर्नुपर्ने हुन्छ। 

प्रकाशित मिति: : 2020-06-08 01:14:41

प्रतिकृया दिनुहोस्