सदनमा शिष्टता साथ प्रस्तुत हुन दाेस्राे पटक सभामुखकाे रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले सदनका कारवाहीमा भाग लिँदा शिष्टता साथ प्रस्तुत हुन सदस्यहरुलाई रुलिङ गरेका छन्। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गंगा चौधरीको अभिव्यक्तिलाई लिएर पछिल्ला केही बैठकमा समाजवादी पार्टीका सांसदहरुले नामै लिएर अभिव्यक्ति दिइरहेपछि सभामुखले दोस्रो पटक रुलिङ गरेका हुन्। 

आइतबार पनि राजपा सांसद चन्दा चौधरीले उक्त विषय प्रवेश गराउन लाग्दा सभामुखले रोकेका छन्।

सभामुख सापकोटाले नियमावलीको नियम २१ (ङ)को ध्यानाकर्षण गराउँदै यसअघिका अभिव्यक्तिको कार्य व्यवस्था परामर्श समितिबाट विवरण लिएर छलफल गर्ने बताए।

‘सबै विवरण हेरेर कार्यव्यवस्था परामर्श समितिमा यथोचित छलफल हुनेछ,’उनले भने,‘ सबै माननीय सदस्यहरुले नियमावलीलाई ख्याल गरेर बोलिदिनुहोला।’

प्रकाशित मिति: : 2020-06-07 12:06:52

प्रतिकृया दिनुहोस्