भारत कोरोना भाइरस (कोभिड–१९) का कारण संसारका सबैभन्दा खराब मुलुकहरुको सूचीमा पाँचौं नम्बरमा परेको छ।
स्पेन र इटलीमा भन्दा भारतमा कोरोना संक्रमितको संख्या धेरै देखिएको छ।
भारत अहिलेसम्म कोरोना भाइरसबाट २ लाख ३६ हजार ६ सय ५७ जना संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार ६ सय ४२ जनाको मृत्यु भइसकेको छ।
मन्त्रालयले संक्रमितमध्ये ११ हजार ७२ जना निको भइसकेको जानकारी दिएको छ। यस्तै अझै १ लाख १५ हजार ९ सय ४२ जना अस्पतालमै छन्।
विश्वमा कोरोनाबाट सबैभन्दा अहिले अमेरिका छ। जहाँ १९ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।
अमेरिकापछि विश्वमा कोरोनाबाट सबैभन्दा पीडित ब्राजिल बनेको छ, जहाँ अहिलेसम्म संक्रमितको संख्या ६ लाख ७३ हजारभन्दा माथि पुगिसकेको छ भने साढे ३५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
विश्वका संक्रमित हुने मानिसको संख्या ६९ लाख ६७ हजार नाघेको छ।पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७१५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ६९ लाख ६७ हजार ३६ पुगेको छ।
कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १७७ जनाको मृत्यु भएको छ। योसँग मृतकको संख्या ४ लाख १ हजार ६२३ पुगेको छ।
३१ लाख ५८ हजार २७१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर छ। ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन्।