नेपालमा पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यससँगै कुल संक्रमितको संख्या ३२ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्।
मन्त्रालयकाअनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ। यससँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको सख्या पनि १३ पुगेको छ।
शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि उनले जानकारी दिए। योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ। जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन्।