कर्णालीमा थप सय जनामा काेराेना, संक्रमित ४ सय ८९ पुगे

कर्णाली प्रदेशमा शुक्रबार थप सय जनामा कोरोना संक्रमित पुष्टि भएको छ।

जसमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ९७ जना र प्रदेश अस्पताल सुर्खेतका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएकामा जुम्लाका तीन जना, हुम्लाका, सुर्खेत र जाजरकोटका एकएक जना छन् भने बाँकी सबै दैलेखका हुन। 

सुर्खेतका संक्रमित कर्णालीका दोस्रो मृतक हुन भने संक्रमित हुने तीन जना महिला पनि दैलेखका रहेको मन्त्रालयले जनाएको छ। यससँगै कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ८९ पुगेको छ। 

प्रतिष्ठानको परीक्षण रिपोर्ट अनुसार कर्णाली प्रदेश बाहिर तीन जना छन्। जसमा दोलखा, रामेछाप र गोरखाका एकएक जना रहेका छन्।

प्रकाशित मिति: : 2020-06-05 16:15:52

प्रतिकृया दिनुहोस्