एक शवसहित १६८ नेपाली लिएर एयर अरेबिया काठमाडौंका लागि उड्याे

बिएल संवाददाता

काठमाडाै‌ं

युएईबाट १६८ जना नेपाली यात्रु लिएर एयर अरेबिया काठमाडौंका लागि उडेको छ। 

एयर अरेबियाको उडान नम्बर जी ९ः १७५१ नम्बरको जहाज स्थानीय समयअनुसार १२ः०३ मा उडेको हो। जहाजमा इजादा फयासिलिटी म्यानेजमेटमा कार्यरत ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना छन्। जहाजमा एक नेपालीको शव पनि छ।

नेपाली समय अनुसार शुक्रबार १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण हुने गरी सारजहाबाट जहाज उड्ने बताइए पनि प्राविधिक समस्याका कारण समयमा उडान हुन सकेन। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकारीका अनुसार जहाजमा सरकारले प्राथमिकतामा परेको नेपाली यात्रु नपरेपछि उडानलाई अनुमति दिने कि नदिने भन्ने बिहानदेखि नै विवाद परेको थियो ।  यस्तै भाडा सम्बन्धी विषयमा समस्या भएपछि उडान अनिश्चित बनेको थियो। 

फेरि नेपाल सरकारको एउटा फारममा हस्ताक्षर गर्न लगाइएपछि निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी सारजाह विमानस्थलबाट जहाज उडाइएको हो ।

यो जहाज त्रिभुवन विमानस्थलमा साँझ ६ बजे अवतरण हुनेछ। 

प्रकाशित मिति: : 2020-06-05 15:52:39

प्रतिकृया दिनुहोस्