चित्लाङ–थानकोट सडकखण्डमा एस्काभेटर दुर्घटना, एकजनाको उपचारका क्रमममा मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

मकवानपुरमा एस्काभेटर दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारका क्रममा  मृत्यु भएको छ।

गणेशमान मार्गअन्तर्गत चित्लाङ–थानकोट सडकको सेतो पहरामा बिहीबार ना. १ क ७२९३ नम्बरको एस्काभेटर अनियन्त्रित भएर दुर्घटना भएको थियो। 
 
एस्काभेटर दुर्घटना हुँदा गम्भीर घाइते भएका थाहा नगरपालिकाका–४ का ३२ वर्षीय पूर्णध्वज केसीको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।

मकवानपुरको थाहा नगरपालिकाबाट थानकोटतर्फ जाँदै गर्दा भएको दुर्घटनामा एस्काभेटरमा रहेका अर्का नवलपरासीका २४ वर्षीय अनिल मगर सामान्य घाइते भएका थिए।

प्रकाशित मिति: : 2020-06-05 14:27:07

प्रतिकृया दिनुहोस्