विराटनगरमा बिहीबारबाट बजार खुल्ने भएको छ। स्थानीय व्यावसायीले बजार खोल्न माग गरेपछि प्रशासनले लकडाउनलाई खुकुलो बनाउँदै बिहीबारबाट दिउँसो १२ बजेसम्म बजार खोल्न दिने भएको हो।
जिल्ला स्तरीय कोरोना संकट व्यावस्थापन समितिको बुधबार बसेको बैठकले बिहीबारबाट आधा दिन बजार खोल्न दिने निर्णय भएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए।
‘भाेलिबाट दिउँसो १२ बजेसम्म खोल्ने निर्णय भएको छ’ उनले भने ‘सुरक्षा सतर्कताको अनुगमन गर्छाै।’
बजार पसल खुल्ला गर्ने निर्णय भएपनि होटल, रेस्टुरेन्ट, व्यूटी पार्लर र सैलुन भने तत्काल नखुल्ने पराजुलीले बताए। बजार खोल्नका लागि सामाजिक दुरी कायम गरी सतर्कता अपनाउनु सर्त राखिएको उनले बताए।