भारतस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहानेलाई सहजिकरण गर्न भएकाे छ। बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
विज्ञप्तिमा स्थल मार्ग हुँदै स्वदेश फर्कनलाई नेपाल– भारत सीमामा २० वटा प्रवेश विन्दु तोकिएकाे उल्लेख गरिएको छ। जसअन्तरगत पशुपतिनगर (इलाम),काकरभिट्टा (झापा),रानी (मोरग) कुनौली (सप्तरी), माडर (सिरहा),भिट्टामोड (महोत्तरी) र मलंगवा (सर्लाही) रहेका छन्।
यता टाँडी (सिरहा), गौर (रौतहट),वीरगञ्ज(पर्सा),महेशपुर(नवलपरासी पश्चिम),बेलहिया (बर्दिया), तौलिहवा (कपिलबस्तु),कृष्णनगर (कपिलवस्तु),जमुनाह (बाँके) सुरजपुर,गुलरिया (बाँके)लाई प्रवेश विन्दु तोकिएकाे छ।
यस्तै गौरिफान्टा (कैलाली),गड्डाचौकी (कञ्चनपुर), झुलघाट (बैतडी) र दार्चुललाई प्रवेश विन्दु तोकिएकाे छ।
दूतावासले नेपाल प्रवेश गरेपछि निश्चित समयका लागि क्वारेन्टाइनका बस्नुपर्ने शर्त राखेको छ। सरकारले भारतबाट आउने नागरिकलाई प्रवेश विन्दु नजीकको विद्यालय वा सामुदायिक भवन, कभर्ड हल, पार्टी प्यालेस वा अन्य खुला स्थान छनोट गरी होल्डिङ सेन्टरको व्यवस्था गरिने उक्त कार्यविधिमा उल्लेख छ ।