५ दिन थुन्न प्रशासनले अनुमति दिएकाे जुवाडे हाजिरी जमानीमा हिरासतमुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले चलाएको अपरेसनमा पक्राउ परेका ९ जना व्यक्तिलाई प्रहरीले छाडेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन थप हिरासतामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएपनि प्रहरीले हाजिरी जमानीमा छोडेको हो।

कानुनतः अनुसन्धान अधिकृतले मनासिब लागे जिल्ला सरकारी वकिल कार्यालयको राय लिएर अभियुक्तलाई हाजिरी जमानीमा छाड्न मिल्ने व्यवस्था छ। तर उनीहरूलाई कोरोना भाइरसको महामारीका कारण जघन्य बाहेकका कसुरका आरोपीलाई हिरासतमा नराख्ने सरकारको नीतिअनुसार छाडिएको बताइएको छ। 

सोमबार राति काठमाडौंस्थित कमलादीको कमलादीस्थित गङगोर रिजेन्सी बुटिक होटलमा जुवा खेलिरहेको अवस्थामा ९ जना व्यापारीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले पक्राउ गरेको थियो। 

पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा र सुरेश अग्रवाल छन्।

त्यस्तै होटलका सञ्चालक भारतका मिक्की जोगाइ पनि पक्राउ परेका छन्। पक्राउ परेका जुवाडेको साथबाट साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो। 

 

प्रकाशित मिति: : 2020-06-02 16:58:31

प्रतिकृया दिनुहोस्