मन्त्री जम्मकट्टेलले भने- 'प्रदेश सरकार प्रेस स्वतन्त्रता तथा पत्रकारको हकहितप्रति प्रतिबद्ध'

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकार प्रेस स्वतन्त्रता तथा पत्रकारको हक हितप्रति सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

मन्त्री जम्मकट्टेलले कुरा गर्दै आफू प्रेस स्वातन्त्रता, पत्रकार तथा सञ्चार मजदूरहरुको पेशागत सुरक्षाका लागि लडेर आएको बताए।
 
कोरोना भाइरसविरुद्धको अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै सञ्चारकर्मीले समेत महत्वपूर्ण भूमिका खेलेको बताउदैं उनले भने, 'कोरोनाको महामारीमा अग्रभागमा रहेर सूचना तथा समाचार सम्प्रेषण गर्ने पत्रकारहरुको सरकारले बीमा गर्छ।' 

अग्रभागमा रहेर काम गरिरहेका एक हजार पत्रकारको रु एक लाख बराबरको कोरोना बीमा गर्ने तयारी भएको उनले जानकरी दिए। 

'पत्रकारलाई बीमा गरेको एक वर्षभित्र कोरोना सङ्क्रमण देखिएमा रु एक लाख बीमा रकम उपलब्ध गराइने गरी बीमा गर्न लागिएको हो' उनले भने। 

प्रकाशित मिति: : 2020-06-01 21:44:00

प्रतिकृया दिनुहोस्