कर्णालीमा कोरोना संक्रमितको संख्या दुई सय ३३ पुगेको छ। सोमवार थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ३३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
थपिएका संक्रमित दैलेख, सुर्खेत, सल्यान र अछामका छन्। मन्त्रालयका अनुसार दैलेखमा ९८ जना, सुर्खेतमा ५० जना,कालिकोटमा१८ जना,सल्यानमा ४४ जना, जुम्लामा १९ जना, र मुगुमा १ जना १ जना संक्रमित रहेका छन्।