अमेरिका हिंसात्मक प्रदर्शन जारी, राष्ट्रपति ट्रम्प नै बसे बंकरमा

बिएल संवाददाता

वासिङ्टन डीसी-अमेरिका
तस्बिर सौजन्य : सीएनएन

अमेरिकी राष्ट्रपति ट्रम्पलाई सुरक्षाका लागि ह्वाइट हाउसभित्र रहेको भूमिगत बंकरमा लगिएको खुलासा दी न्युयोर्क टाइम्सले गरेको छ। यसको पुष्टी ह्वाइट हाउसको सुरक्षा जिम्मा लिइरेहको सिक्रेट सर्भिसल पनि गरेको छ। 

सिक्रेट सर्भिसका एक अधिकारीलाई उदृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले राष्ट्रपति ट्रम्पलाई शुक्रबार राति बंकरमा लगिएको जनाएका छन् । उनी आधा घण्टा जति बंकरमा रहेका थिए। तर, उनीसँग प्रथम महिला मेलानिया र छोरो बेरोन थिए कि थिएनन् त्यस बारेमा भने केही बताइएको छैन। 

मिन्नेसोटाको मिनियापोलिसमा अफ्रिकी मुलका अमेरिकी जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा फैलिएको हिंसाको चपेटामा राजधानी वासिङ्टन डीसी पनि परेको छ। वितेको छ दिनयता वासिङ्टन डीसीमा लगातार हिंसात्मक प्रदर्शन भैरहेको छ। ह्वाइट हाउससँगै रहेको लाफायट स्क्वाएरमा प्रदर्शनी केन्द्रित भएपछि आइतबार त्यहाँ  युएस मार्शल खटाइएको छ। 

हिसांत्मक प्रदर्शनी फैलिएर ४० सहरमा कर्फ्यु लगाइएको छ भने १६ राज्यमा नेशनल गार्ड खटाइएको छ। हिंसा सुरू भएको मिन्नेसोटाको मिनियापोलिस जाने हाइवे बन्द गरिएका छन्। त्यहाँ हिंसा फैलाउन बाहिरबाट मानिस आएको आशंका बढेपछि हाइवे बन्द गर्ने निर्णय लिइएको हो। 

 

प्रकाशित मिति: : 2020-06-01 07:07:19

प्रतिकृया दिनुहोस्