अर्को संविधान संशोधन विधेयक दर्ता गराउन छलफलमा जुट्याे जसपा

बिएल संवाददाता

काठमाडाै‌ं

जनता समाजवादी पार्टी नेपाल अर्को संशोधन विधेयक दर्ता गराउन छलफलमा जुटेको छ। सरकारले संविधानलाई संशोधनका लागि लगेको विद्येयक संसदमा आइतबार पेस भएपछि उनीहरु आगामी रणनीतिका लागि छलफल गर्न लागेका हुन्।

सिंहदरवारस्थित तत्कालिन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा संशोधन विधेयक दर्ता गराउने विषयमा छलफल चलिरहेको एक नेताले जानकारी दिए।

सो पार्टीका नेताहरु शुक्रबार तत्कालिन राजपा नेपालकै तर्फबाट संविधान संशोधनको विधेयक दर्ता गराउन संसद सचिवालयमा पुगेका थिए।  तर फर्म्याट नमिलेका कारण ढिला भएकाे उक्त गैरसरकारी विधेयकबारे सभामुख अग्नी सापकोटासँग छलफल गरी आइतबार बिहान दर्ता गर्ने गरी महासचिवकहाँ छाडेर राजपा नेताहरू फर्किएका थिए। 

आज तत्कालिन दुवै पार्टीका नेताको बीचमा छलफल चलिरहेको छ। तत्कालिन राजपा नेपालले लगेको संविधान संशोधन प्रस्तावमा तत्कालिन समाजवादी पार्टीबाट पनि केही बुँदा थपिने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए।

‘सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा मतदान गर्ने कि नगर्ने विषयमा पनि जसपा नेपालले छलफल हुँदैछ,’उनले भने।

प्रकाशित मिति: : 2020-05-31 18:07:58

प्रतिकृया दिनुहोस्