राजेन्द्र महतोको आरोप : बजेट सत्तारुढ दलको स्वार्थसिद्ध गर्न केन्द्रित

राजपा नेपालका सांसद राजेन्द्र महतोले सरकारले आगामी आवका लागि ल्याएको बजेट आम जनताको पक्षमा नभएको र सत्तारुढ दलको स्वार्थसिद्ध गर्न मात्रै केन्द्रित भएको आरोप लगाएका छन्।

 प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै महतोले यस्तो बताएका हुन्।

उनले कोरोनाका कारण समस्यामा परेका नागरिकलाई राहत दिन बजेटले कुनै सम्बोधन नगरेको, गरिब तथा गरिखाने वर्गको पक्षमा कार्यक्रम नआएकोमा रोष प्रकट गरे । महतोले मुलुक सङ्घीयतामा गएको भन्ने तथ्यसमेत सरकारले बिर्सेको र स्रोत तथा साधनको वितरणमा समेत विभेद गरिएको गुनासो पोखे ।

प्रकाशित मिति: : 2020-05-31 13:41:10

प्रतिकृया दिनुहोस्