कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणबाट कालीकोट र दैलेखका १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कालीकोट शुभकालिका गाँउपालिकाका १९ वर्षीय युवक र दैलेखका १७ जनामा संक्रमण देखिएकाे मन्त्रलायको जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए।
दैलेखका १७ जनामध्ये नारायण नगरपालिकाका ९ जना र दैलेखकै देवलकाँडामा ५ जना पुरुष, सिमडाका एक, रातापानीका एक र साडुका एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीमा संक्रमितको संख्या १२३ पुगेको छ।