भारतमा कोरोना संक्रमितकाे संख्या १ लाख ७५ हजार बढी, ज्यान गुमाउने ५ हजार कटे

बिएल संवाददाता

नयाँदिल्ली

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७५ हजार पार भएको छ। भारतमा शनिबारमात्रै ८ हजार थप संक्रमित थपिएका हुन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।

भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ५ हजार कटेकाे छ। हिजो मात्रै २ सय जना मानिसले ज्यान गुमाएका छन्। शुक्रबार २ सय ७० जनाले कोभिड–१९ का कारण ज्यान गुमाएका थिए।

भारतमा अहिलेसम्म संक्रमितको संख्या १ लाख ७६ हजार ८ सय २३ पुगेको छ। हिजो ८ हजार २६ नयाँ संक्रमित थपिएका हुन्।

महाराष्ट्रमा हिजो २ हजार ९ सय कोरोना संक्रमित थपिएका थिए। दिल्लीमा ११ सय ६३, तामिल नाडूमा ९ सय ३८ संक्रमित थपिएका छन्।

यता उत्तर प्रदेशमा २ सय ६२ संक्रमित थपिएका छन्। त्यसैगरी बिहारमा २ सय ८ नयाँ संक्रमित भेटिएका छन्।

शनिबार मुम्बईमा मात्र ५४ जनाको मृत्यु भएको छ। मुम्बईमा हिजो १२ सय २७ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्। यससँगै महाराष्ट्रमा कारोना भाइरस संक्रमितको संख्या ६५ हजार १ सय ६८ पुगेको छ।

प्रकाशित मिति: : 2020-05-31 09:59:47

प्रतिकृया दिनुहोस्