नासाले दुई अमेरिकी यात्रीसहित अन्तरिक्षतर्फ रकेट पठायो

बिएल संवाददाता

केप क्यानाभेरल (फ्लोरिडा)

दुई अमेरिकीलाई लिएर एउटा रकेट अन्तरिक्षको कक्षमा प्रवेश गरेको छ।

एलन मस्क स्पेश एक्स कम्पनीको उक्त रकेट नेपाली समयअनुसार आइतबार बिहान अन्तरिक्षको कक्षमा प्रवेश गरेको हाे। नासाका डग हर्ले र बब बेनकेन चढेको उक्त रकेट एक दशकमा पहिलो अमेरिकी पाइलाका रुपमा अन्तरिक्षतर्फ यात्रा सुरु गरेको हो।

‘लेट्स लाइट द क्यान्डल’, हर्लेले रकेट खुल्नुको ठ्याक्कै अघि भने, अमेरिकाका पहिलो अन्तरिक्षयात्रीले एलन सेपहर्डले १९६१ मा बोलेको वाक्य सापटी लिँदै।

ती दुई अन्तरिक्षयात्री आइतबार अन्तरिक्ष स्पेस स्टेशन पुग्नेछन् जहाँ उनीहरुले दुई महिना बिताउनेछन्। त्यसपछि उनीहरु अन्तरिक्षमा फर्कनेछन्।

कोरोना भाइरसको महामारीबीच यो अभियानले पूर्णता पाएको हो।

प्रकाशित मिति: : 2020-05-31 09:17:35

प्रतिकृया दिनुहोस्