गुल्मीमा क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेका छन्। छत्रकोट गाउँपालिका ४ दिगामस्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन्।
भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो। उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो।
साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियारले नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए।
शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको एसपी खड्काले बताए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।