पर्सामा दुई जनामा कोरोना संक्रमण पुष्टि

पर्सा जिल्लाको संखुवाप्रसौनी गाउँपालिकामा रहेको दीपनारायण आदर्श माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहका दुई जनामा कोरोना पुष्टि भएको छ। 

नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणबाट ६० वर्षीया महिला र १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु दुवै जना जेठ १३ गते भारतको मुम्बई र उत्तर प्रदेशबाट आएका थिए।  
 
संक्रमितहरुलाई नारायणी अस्पतालबाट कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए। 

यो सँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ।

प्रकाशित मिति: : 2020-05-30 12:16:36

प्रतिकृया दिनुहोस्