महानगरीय प्रहरी वृत्त, कालीमाटी मातहत क्षेत्रमा कार्यरत २ सय २२ जना प्रहरीको कोरोना परीक्षण नेगेटिभ आएको छ।
गत ७ जेठमा कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा एक सइ र एक जवानमा कोरोना संक्रमण देखिएको थियो।
उनीहरुमा संक्रमण पुष्टि भएसँगै वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई सिल गरेर कोरोना भाइरसको संक्रमणको आशंकामा २२५ जनाको चेकजाँच गरिएको थियो।
जसमा २३१ जनाको रिपोर्ट नेगेटिभ आएको र थप ९ जनाको रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए।
संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा छन्। बाँकी ९ जनाको रिपोर्ट पनि नेगेटिभ आएमा सबैलाई आ–आफ्नो जिम्मेवारीमा फर्काइने एसएसपी ज्ञवालीले बताए।