स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य उपकरण सहयोग

बिएल संवाददाता

काठमाडाै‌ं

विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउण्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ । 

भीजी फाउण्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला र उच्च अधिकारीहरुको उपस्थितिमा पाँच सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), दुई सय थान इन्फ्रारेड थर्मोमिटर र आठ हजार नौ सय ५० थान एन९५ मास्क हस्तान्तरण गरेको हो । 

यो विषम परिस्थितिमा देशको साथमा रहेको, आफ्नो स्रोत र शिपको माध्यमबाट देशलाई सहयोग गर्न प्रतिबद्ध भएको विशाल ग्रुपले जनाएको छ । त्यसैगरी,  भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर रहेको पनि ग्रुपले जनाएको छ । 
 

प्रकाशित मिति: : 2020-05-29 14:43:54

प्रतिकृया दिनुहोस्