पाकिस्तानमा २४ घण्टामा २८ सय संक्रमित थपिए

 पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ६४ हजार २८ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् । 

विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ८०१ संक्रमित थपिएका बताइएको छ । 

पाकिस्तानमा संक्रमित मध्येका  १ हजार ३१७ व्यक्तिको हालसम्म मृत्यु भएको पनि छ । पाकिस्तानमा बिहीबार मात्र ५७ जना संक्रमितको मृत्यु भएको छ । पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ ।

 त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।     

संक्रमितहरुमध्ये २२ हजार ३०५ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ४० हजार ४०६ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।    अस्पताल भर्ना भएका यी विरामी मध्ये १११ जनाको भने अवस्था गम्भीर रहेको पनि समाचारमा जनाइएको छ । 
 

प्रकाशित मिति: : 2020-05-29 13:01:47

प्रतिकृया दिनुहोस्