काेरियामा काेराेना संक्रमण पुनः बढ्न थालेपछि खुलेका विद्यालयहरु पनि बन्द

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुनः बढ्न थालेपछि खुलेका विद्यालयहरु फेरि बन्द गरिएका छन्। 

संक्रमण नियन्त्रणमा आउन लागेपछि केही दिनअघि दक्षिण कोरियाका विद्यालयहरु खुला गरिएका थिए। तर फेरि संक्रमण बढ्ने क्रम देखिएपछि  बुचेओन क्षेत्रका २५१ विद्यालय पुनः बन्द भएका हुन्। 

पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। पछिल्ला दिनमा जनघनत्व बढी भएका क्षेत्रमा संक्रमण देखिएको छ।

अधिकांश संक्रमितको सम्बन्ध सिओलको पश्चिमका रहेको कोरीयाली अधिकारीहरुले बताएका छन्।
 

प्रकाशित मिति: : 2020-05-29 10:24:06

प्रतिकृया दिनुहोस्